फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली ख छ्याङद्बारा बुल्गेरियाको औपचारिक भ्रमण शुरु

(GMT+08:00) 2018-07-06 18:26:43
बुल्गेरियाका प्रधानमन्त्री बोयेको बोरिसोभको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो जुलाई पाँच तारिख दिउँसो विशेष विमानद्बारा सोफिया अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बुल्गेरियाको औपचारिक भ्रमण थाल्नुभएको छ। साथै उहाँ सातौँ चीन-मध्य पूर्वी युरोपेली मुलुकका नेताहरूको भेटघाटमा पनि सहभागी हुनुहुने सिन्ह्वा समाचार समितिले जनाएको छ।

भ्रमण अवधिमा प्रधानमन्त्री लीले बुल्गेरियाली प्रधानमन्त्री बोरिसोभसँग वार्ता गर्नुका साथै दुवै पक्ष बीच सहकार्य दस्तावेजको हस्ताक्षर समारोह, पत्रकारसँगको भेटघाट र राष्ट्रपति रुमेन रादेभसँग भेट-वार्ता आदि गतिबिधिमा पनि भाग लिनुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु