फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी व्यापारिक आधिपत्य नीति विफल हुने

(GMT+08:00) 2018-07-06 18:33:19
अमेरिकाले जुलाई छ तारिख अमेरिकातर्फ निर्यात गरिने चौंतीस अर्ब अमेरिकी डलर मूल्यका चिनियाँ माल-सामानमाथि कर थप्ने निर्णय औपचारिक रुपमा लागू गर्दैछ। त्यसको प्रतिकार गर्नका लागि चीनले सोही दिन बराबर परिधिको अमेरिकी माल-सामानमाथि पच्चीस प्रतिशतको कर लगाउन सुरु गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले सम्बोधन गर्दै चीनले आफ्नो देशको केन्द्रीय हित र जनताको हितको संरक्षणका लागि बाध्य भएर गरेको आवश्यक प्रतिकृया रहेको औँल्याउनुभएको छ। अहिलेसम्म मानव जातिको आर्थिक इतिहासमा रहेको सबैभन्दा ठूलो परिधिको व्यापारिक युद्ध पनि औपचारिक रुपमा शुरु भएको छ।

तैपनि चीन आफैंले मात्र लडाईं गर्ने होइन। यसअघि यूरोपेली संघ, क्यानाडा, मेक्सिको, भारत र टर्की आदि मुलुकले अमेरिका लक्षित आत्म सुरक्षात्मक प्रतिकार युद्ध पनि थालेका छन्। के भन्न सकिन्छ भने सारा विश्वमा अमेरिकी व्यापारिक आधिपत्य नीति विरुद्ध झन् झन् सशक्त शक्ति बन्दै आएको देखिन्छ।

जानकारी तथा लेखहरु