फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले व्यापार युद्ध गरेपनि त्यस्तो कार्य व्यापारिक संरक्षणवादका लागि पनि विफल हुने विश्लेषण

(GMT+08:00) 2018-07-07 18:25:07
अमेरिकाले जुलाई ६ तारिख चौँतीस अर्ब अमेरिकी डलर बराबरको चिनियाँ मालसामानहरुमाथि पचीस प्रतिशतको थप भन्सार कर लगाएर आर्थिक इतिहासमा अहिलेसम्म सबैभन्दा ठूलो परिमाणमा व्यापार युद्ध चलाएको छ। चिनियाँ विशेषज्ञका अनुसार, अमेरिकाले भन्सार करको प्रयोग गरेको पूरानो तरिका एउटा स्पष्ट व्यापारिक प्रभूत्ववाद हो, अर्थतन्त्रको दिगो तथा स्वस्थ विकास गर्न चीन विश्वस्त तथा सक्षम रहेको छ।

अमेरिकाद्वारा सार्वजनिक गरिएको थप भन्सार लगाउने चौंतीस अर्ब अमेरिकी डलर बराबरको चिनियाँ मालसामानहरुको सूचिमा करिब उनन्साठी प्रतिशत अर्थात बीस अर्ब अमेरिकी डलर भन्दा बढी मालसामानहरु विदेशी पूँजीद्वारा संचालित व्यवसायहरुले चीनमा उत्पादन गरेका हुन् र तीमध्ये अमेरिकी व्यवसायहरुले ठूलो भाग ओगटेका छन्। यसबारे चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक आदान-प्रदान केन्द्रका प्रथम अनुसन्धानकर्ता चाङ येन शङले अमेरिकी व्यवसायहरु विश्वको मूल्य शृङ्खलाबद्ध उच्च स्थानमा रहेका छन् भन्दै अमेरिकाले व्यापार युद्धमार्फत अमेरिकी व्यवसायीहरुलाई अमेरिकामा फर्काउन दबाव दिएर विश्वव्यापीकरणका लागि पछि हटेको र यस्तो कार्य विफल हुने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु