फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा पर्यावरणीय संस्कृति विषयक क्वै याङ अन्तर्राष्ट्रिय मञ्च वार्षिक सम्मेलनलाई बधाई सन्देश

(GMT+08:00) 2018-07-07 18:26:02
पर्यावरणीय संस्कृति विषयक क्वै याङ अन्तर्राष्ट्रिय मञ्च २०१८ वार्षिक सम्मेलन आज जुलाई ७ तारिख क्वै चौ प्रान्तको क्वै याङ शहरमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले वार्षिक सम्मेलनलाई बधाई सन्देश पठाउनुभएको छ।

सो बधाई सन्देशमा सी चिन फिङले यर्यावरणीय संस्कृतिको निर्माण मानवको भविष्यसँग सम्बन्धित रहेको भन्दै हरित घरबार विभिन्न मुलुकका जनताको संयुक्त सपना रहेको उल्लेख गर्नुभयो। सी चिन फिङका अनुसार, अन्तर्राष्ट्रिय समूदायले आपसी सहयोगलाई सबल पार्नुपर्ने, संयुक्त प्रयास गर्नुपर्ने, प्रकृतिको सम्मान गर्ने तथा हरित विकासयुक्त पर्यावरणीय प्रणालीको निर्माण गर्नुपर्ने तथा विश्वको दिगो विकासलाई अघि बढाउनुपर्नेछ। मञ्चको यस पटकको वार्षिक सम्मेलनको मुख्य विषय वस्तु "पर्यावरणीय संस्कृति सम्बन्धी नयाँ युगमा लागौं: पर्यावरणलाई प्राथमिक दि‌औं तथा हरित विकास गरौं" रहेको छ। जुन विभिन्न पक्षहरु बीच सहमति जनाउन, आपसी सहयोगलाई गहन पार्न तथा विश्वको पर्यावरणीय संस्कृतिको निर्माणलाई अघि बढाउन सहयोगी हुने विश्वास सी चिन फिङले गर्नुभयो।

जानकारी तथा लेखहरु