फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली र बुल्गेरियाका प्रधानमन्त्री बोरिसोभद्वारा सँयुक्त पत्रकार सम्मेलन

(GMT+08:00) 2018-07-07 18:26:48
चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ तथा बुल्गेरियाका प्रधानमन्त्री बोइको बोरिसोभले स्थानीय समय जुलाई ६ तारिख संयुक्त रुपमा पत्रकारहरुसँग भेट्नुभएको छ।

दुवै मुलुकका नेताहरुले उहाँहरु बीचको वार्ताको उपलव्धिको सक्रियताका साथ मूल्याङ्कन गर्नुभयो। बहुपक्षीयवाद तथा स्वतन्त्र व्यापारको संरक्षण गर्ने तथा संरक्षणवादको विरोध गर्ने र व्यापारिक वाद-विवादको रोकथाम गर्ने विषयबारे चर्चा गर्दा ली ख छ्याङले चीनले कहिल्यै पनि व्यापार युद्धको सुरुवात नगर्ने, तर अरु पक्षले थप भन्सार कर उठाउनेसमेत तरिकामार्फत व्यापार युद्ध गरेमा चीनले अवश्य नै त्यसको प्रतिकार गर्ने बताउनुभयो। चीनको उक्त गतिबिधि स्वेदेशको विकासको लाभ तथा विश्व व्यापार संगठनको नियमको संरक्षण गर्नका लागि गर्ने हो। व्यापार युद्धमा मुछिएका कुनै पनि पक्षको जित हुँदैन, जसबाट पुग्ने हानिमा पर्ने दुई पक्षका व्यवसायहरु तथा उपभोक्ताहरु मात्र होइनन्, विश्वको आर्थिक पुन:उत्थानको प्रक्रियालाई पनि प्रभावित हुनेछ। जिद्दी भएर व्यापार युद्ध गरेमा अरु देशलाई हानि पुर्‍याउनुका साथै आफूलाई पनि विगार्ने छ। वाह्य परिस्थितिमा जस्तोसुकै परिवर्तन भएपनि चीनले अटलताका साथ सुधारलाई गहन पार्नुका साथै खुलापनको विस्तार गरी चीनको अर्थतन्त्रलाई स्थिरताका साथ बढाउने छ।

जानकारी तथा लेखहरु