फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारको संयुक्त कार्य टोलीद्बारा फुकेट पानी जहाज दुर्घटनाका पीडितको हेरचाह

(GMT+08:00) 2018-07-07 18:28:24
चीन सरकारको संयुक्त कार्य टोलीले सात तारिख फुकेट प्रशासनिक अस्पताल पुगी गत पाँच तारिख फुकेट पानी जहाज दुर्घटनामा घाइते भएका चिनियाँ देशबन्धु र उनीहरूको परिवारजनको हेरचाह गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

कार्य टोलीले घाइतेहरूको शारीरिक अवस्था र साथ दिने व्यक्तिहरूको अवस्थाबारे जानकारी लिनुका साथै सबैजनाको सुरक्षा र उद्धार कार्यलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषद्का नेताहरूको मनमा राखिएको कुरा जनाएको छ।

थाइल्याण्डका लागि चिनियाँ राजदूत ल्यु चेनले पार्टी तथा मातृभूमि सबैजनाको भरपर्दो र सशक्त समर्थन नै हो भन्दै कार्य टोलीले सक्दो प्रयासमार्फत सबैजनाको उचित हक-अधिकारको संरक्षण गर्ने वचन-बद्धता पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु