फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्बारा चौतर्फी सुधारलाई गहन रुपमा बढाउने कुरामा जोड

(GMT+08:00) 2018-07-07 18:29:19
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवं केन्द्रीय समिति अन्तर्गत चौतर्फी सुधारलाई गहन पार्ने समितिका प्रमुख सी चिन फिङले जुलाई छ तारिख दिउँसो केन्द्रीय समिति अन्तर्गत चौतर्फी सुधारलाई गहन पार्ने समितिको तेस्रो बैठकको अध्यक्षता गर्दै सम्बोधन पनि गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनपछि केन्द्रीय समितिले पार्टीको 18 औँ महाधिवेशनयताको सुधार प्रतिफललाई गहन पार्ने आधारमा महत्वपूर्ण र समष्टिगत सुधारलाई अघि बढाएर चौतर्फी रुपमा सुधारलाई गहन पार्ने प्रक्रियामा नयाँ ठूलो उपलब्धि प्राप्त गरेको कुरामा जोड दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवं केन्द्रीय समिति अन्तर्गत चौतर्फी रुपमा सुधारलाई गहन पार्ने समितिका उपप्रमुख वाङ हु निङ र हान चङ पनि उक्त बैठकमा सहभागी हुनुभएको छ।

जानकारी तथा लेखहरु