फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्बारा व्यापारिक युद्ध मच्चाइएकोमा विश्वको साझा क्रोध

(GMT+08:00) 2018-07-07 18:30:00
अमेरिकाले जुलाई छ तारिख चीनबाट अमेरिकातर्फ निर्यात हुने चौँतीस अर्ब अमेरिकी डलर मूल्यका चिनियाँ माल-सामानमाथि पच्चीस प्रतिशत थप कर लगाउन थालेको छ। अमेरिकाको सो कारवाहीले मानव जातिको आर्थिक इतिहासमा सबैभन्दा ठूलो परिधिको व्यापारिक युद्ध मच्चाएकाले सारा विश्वको साझा क्रोध पनि पैदा भएको छ।

विभिन्न मुलुकका विशेषज्ञ, विद्बान, पदाधिकारी र सञ्चार-माध्यमहरूले ट्रम्प सरकारले अपनाएको अधोगतियुक्त व्यापारिक नीतिको निन्दा गर्नुका साथै त्यसबाट उत्पन्न हुने नकारात्मक नतिजाप्रति चिन्ता व्यक्त गरेका छन्।

स्पेनको चिनियाँ नीति सर्वेक्षण केन्द्रका अध्यक्ष ज्युलिओ रिओसले जुलाई छ तारिख चिनियाँ मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै अमेरिकाले व्यापारिक युद्ध मच्चाएको अन्तिम उद्देश्य आफ्नो देशको हितलाई सबभन्दा ठूलो मात्रामा बनाएर आफ्नो विश्व प्रभुत्व स्थानको संरक्षण गरी चीनको पुन:रुत्थानको सामना गर्नु रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु