फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीनबीचको सहकार्यबाट दुवै देशलाई फाइदा हुने नेपालका लागि चिनियाँ राजदूत यु होङको भनाइ

(GMT+08:00) 2018-07-07 18:31:53
नेपालका लागि चिनियाँ राजदूत यु होङले 'ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क' संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने बताउनुभएको छ। नेपाल चेम्बर अफ कमर्श र नेपाल–चीन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजद्वारा संयुक्तरुपमा आयोजित अन्तर्क्रियामा उहाँले संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत् विश्वव्यापी परियोजना 'बेल्ट एण्ड रोड इनिसियटिभ'मा नेपाल सहभागी भइसकेकाले यसअन्तर्गत हुने सहकार्यबाट नेपालले समृद्धिको गति लिन सक्ने बताउनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

भर्खरैमात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता ऐतिहासिक भएको बताउँदै उहाँले भन्नुभयो, "नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षणमा आइपुगेको छ। यो मैत्रीपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदानप्रदानले दुवै देशका लागि प्रचुर फाइदा र सिकाइ हुनेछ।"

नयाँ नाका केरुङलाई आधुनिक भौतिक पूर्वाधारसहितको अन्तर्राष्ट्रिय नाकाका रुपमा रुपान्तरणमा सहयोग गर्न चीन तयार भएको राजदूत युले बताउनुभयो। सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिका लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु