फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको तातोपानी नाका खोल्न भोटेकोशी गाउँपालिकाको आग्रह

(GMT+08:00) 2018-07-07 18:32:48
नेपाल–चीन सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको गाउँसभाले बन्द तातोपानी नाका सञ्चालनका लागि सम्बन्धित सबैमा आग्रह गरेको छ। भूकम्प, भोटेकोशी बाढी र गत वर्षको पहिरोले नाका जोड्ने लार्चाको पुलसमेत भत्काएपछि समस्यामा परेको गाउँपालिकाले तातोपानी नाका सञ्चालन र प्राकृतिक विपतबाट क्षतिग्रस्त संरचना निर्माणका लागि आग्रह गरेको अनलाइन खबरले लेखेको छ।

गाउँपालिकाले केन्द्र, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त हुने समेत गरी आगामी आर्थिक वर्षका लागि ३४ करोड, १३ लाख ५४ हजारको बजेट समेत सार्वजनिक गरेको छ। नीति कार्यक्रम तथा बजेटले सडक जडिबुटी र पर्यटनलाइ प्राथमिकतामा राखेको छ। तातोपानी धारा, भैरब कुण्ड, लिस्तिमाई, बञ्जिजम्पलगायतका पर्यटकीय स्थलका कारण पनि चर्चामा रहेको भोटेकोशी गाउँपालिकाले ती स्थानसम्म जाने सडकलाई व्यवस्थित गर्ने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो।

गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले प्रस्तुत गरेको सवा ३४ करोडको बजेटमा पुँजीगत १३ करोड, चालूतर्फ ६ करोड, केन्दी्रय स–शर्त अनुदान ८ करोड ३० लाख, सामाजिक सुरक्षा भत्ता ३ करोड, विषयगत सामाजिक खर्च १ करोड ६५ लाख, कोष सञ्चालन ५० लाख र लागत साझेदारी २० लाख रुपैयाँ विनियोजन गरेको छ। बजेटले महिला, बालबालीका तथा जेष्ठ नागरिकहरुका लागि आवश्यक सामाजिक सहयोगका क्षेत्रमा सहयोग गर्ने उपाध्यक्ष शेर्पाले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु