फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाबीचको व्यापारिक द्वन्द्वलाई आपसी वार्ताबाट समाधान गर्नुपर्ने एक नेपालीको भनाइ

(GMT+08:00) 2018-07-07 18:33:52
चीन र अमेरिकाबीच देखिएको व्यापारिक द्वन्द्वले अन्य देशलाई पनि असर पर्ने सम्बन्धित व्यक्तिले बताएका छन्। विश्वव्यापीकरण र खुला प्रतिस्पर्धामा व्यापारलाई कुण्ठित बनाउन नहुने नेपालका एकजना वाणिज्य विज्ञले बताएका छन्।

नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सीआरआईसँगको कुराकानीमा विश्वव्यापीकरणमा सबैको सहकार्यबाट विकास हुने बताउनुभयो। उहाँले कर उठाएर मात्र विकास नुहने र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो रहेको बेला यस प्रकारको व्यापारिक द्वन्द्वले विशेष गरी निम्नस्तरका नागरिकमाथि आर्थिक भार पर्ने विचार व्यक्त गर्नुभयो।

यतिबेला विश्वमा राजनीतिक कुटनीतिभन्दा पनि आर्थिक कुटनीति बढी सफल रहेको भन्दै विश्व व्यापार संगठनको भावना अनुसार सबैले काम गर्न पर्ने उहाँले औँल्याउनुभयो। वार्तामार्फत उत्तर कोरिया र अमेरिकाबीचमा सामिप्यता देखिएको दृष्टान्त दिँदै आपसी वार्ता र विश्वास नै अहिले सबैभन्दा शक्तिशाली रहेको उहाँले उल्लेख गर्नुभयो। अमेरिकाले चिनियाँ सामानमाथि थप कर असुल्ने नीतिले अन्ततः अमेरिकालाई नै अहित गर्ने भन्दै अमेरिका अन्तर्राष्ट्रिय समाजबाट बिस्तारै एक्लिन सक्ने विचार श्रेष्ठले व्यक्त गर्नुभयो।

चीन र अमेरिकाको व्यापारिक द्वन्द्वको असर नेपाली बजारमा पर्ने उहाँले बताउनुभयो। विशेष गरी अन्तर्राष्ट्रिय मुद्राको विनिमयदर र शेयर बजारमा यसको असर पर्ने भन्दै आपसी संवाद र विमर्शबाट समस्याको समाधान गर्न सकिने उहाँले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु