फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा नेपाल–तिब्बत व्यापार सहजीकरण बैठक सुरु

(GMT+08:00) 2018-07-08 15:51:25

नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ। केरुङ नाकाको सहजीकरण र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित समितिको ८ औं बैठक सुरु भएको कारोकार अनलाइनले लेखेको छ। नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ। केरुङ नाकाको सहजीकरण र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित समितिको ८ औं बैठक सुरु भएको हो। लामो समयदेखि बन्द रहेको तातोपानी नाका खुलाउन आवश्यक पर्ने पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुले जानकारी दिनुभयो। सहसचिवस्तरीय नेपाल–तिब्बत व्यापार सहजीकरणको बैठकमा व्यापारलाई कसरी सहजीकरण गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो। बैठकमा आगामी कात्तिकभित्रै तातोपानी नाका खुलाई सक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउनेलगायतका विषयमा छलफल भएको सहसचिव सैंजुले जानकारी दिनुभयो। २०७२ सालमा गएको भूकम्पपछि सो नाका बन्द छ। शुक्रबारसम्म चल्ने बैठकमा नेपाल–चीनबीच हुने व्यापारलाई कसरी सहज बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। नेपालको सबैभन्दा बढी व्यापार भारतपछि चीनसँग गर्ने गरेको छ। चीनले नेपालबाट ८ सय ३१ वस्तु भन्सार छुटमा निर्यात गर्ने सुविधा दिएको छ। बैठकले केरुङ र तातोपानी नाकामा चीनको आर्थिक सहयोगमा निर्माण हुने पुल छिटो सम्पन्न गर्न आवश्यक कार्ययोजना तय गर्ने मन्त्रालयले जनाएको छ। नेपाल र चीनबीचको व्यापार सहजीकरणका लागि सन् २००९ मा यो समिति गठन गरिएको हो। यस वर्षको बैठकमा नेपालको उद्यम विकासका लागि चीनको लगानी भिœयाउने विषयमा पनि छलफल हुने छ।
जानकारी तथा लेखहरु