फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा अहिलेसम्म २२ प्रतिशत रोपाइँ सम्पन्न

(GMT+08:00) 2018-07-08 15:57:08

कृषि विभागले हालसम्म नेपालभर २२ प्रतिशत रोपाइँ सकिएको दाबी गरेको छ। विभाग मातहतको कृषि प्रसार निर्देशनालयका अनुसार कुल धान खेती हुने १५ लाख ५२ हजार हेक्टरमध्ये ३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिसकेको कान्तिपुर अनलाइनले लेखेको छ।

विभागका अनुसार जुम्ला र कालिकोटमा रोपाइँ सकिसकेको छ। जुम्लामा २९ सय र डोल्पामा २ सय २ हेक्टरमा मात्रै धान खेती हुन्छ। हुम्लामा ५ सय ५२ हेक्टरमध्ये ५ सय ८७ हेक्टरमा रोपाइँ सकिसकेको छ। यो ९४ प्रतिशत हो।

त्यसैगरी डोटी, बझाङ, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान, मुगु, कालिकोट, कास्की, काठमाडौं, दोलखा र सोलुखुम्बुमा रोपाइँ सकिएको छ।

जानकारी तथा लेखहरु