फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगातार तीन दिन वर्षा हुने

(GMT+08:00) 2018-07-08 15:58:51

नेपालमा गएरातिदेखि भइरहेको वर्षा तीन दिनसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातिदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। पूर्वको तुलनामा पश्चिम क्षेत्रका धेरै ठाउँमा आइतबार भिषण वर्षा हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

बंगालको खाडीसँगै अरबसागरमा ठूलो मात्रामा जलवाष्प उठ्न थालेकाले नेपालमा अबका तीन दिनसम्म निरन्तर वर्षा हुने अनुमान महाशाखाले गरेको छ।

'गत हप्तादेखि केही निस्क्रिय भएको मनसुन आइतबारदेखि फेरि सक्रिय हुन थालेको छ,' मौसमविद् बासीले भन्नुभयो, 'अहिले देशैभरि बदली भएको छ। यसले गर्दा मध्यमदेखि भारी वर्षा हुने संभावना छ।' बाढीपहिरो जाने क्षेत्रमा बसोबास गरेका नागरिकलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।

विगत केही दिन वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशैभर गर्मी बढेको थियो। मौसममा बदली भएसँगै तापक्रम घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार गएको २४ घण्टामा कास्कीको लुम्लेमा सबैभन्दा बढी ७० दशमलव ५ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सिमरामा २७ मिलिमिटर वर्षा भएको छ।

जानकारी तथा लेखहरु