फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले व्यापारिक युद्ध सुरु गरेपछि पाँच पक्षमा महत्वपूर्ण निहित हितमा धक्का लाग्ने

(GMT+08:00) 2018-07-08 16:00:25
चालू वर्षको मार्च महिनादेखि चीन र अमेरिका बीच व्यापारिक भिडन्त चर्को हुँदै आएको छ। अमेरिकाले व्यापार युद्ध गरेपछि दुई मुलुकबीचको पाँच पक्षीय महत्वपूर्ण निहित हित धरापमा परेको छ। तथापि दुवै पक्षको संयुक्त प्रयासमार्फत विश्वको व्यापारिक इतिहासमा "चमत्कार" हुन सक्ने आशा अझै गरिएको छ।

पहिलो, व्यापार युद्धबाट दुई मुलुकका लागि भावी सहयोगको फराकिलो स्थान हराउनेछ। दोस्रो, विश्वको उत्पादन शृङ्खलामा श्रम विभाजनबाट आउने विशाल हित दुवै मुलुकले खुमाउने छन्। तेस्रो, विश्वको आर्थिक पुन:उत्थानका लागि महत्वपूर्ण ऐतिहासिक अवसर हराउनेछ। चौथो, धेरै वर्षदेखि विश्वमा स्थापित अन्तर्राष्ट्रिय अनुशासन तथा अन्तर्राष्ट्रिय नियमको आधिकारिकता समाप्त हुनेछ, जसबाट विश्वको अर्थतन्त्रमा भ्रम उत्पन्न हुनेछ। पाँचौं र सबैभन्दा महत्वपूर्ण कुरा, चीनको विशाल बजारबाट प्राप्त ठूलो नाफा अमेरिकाले गुमाउनेछ।

तथापि अमेरिकाले अरु दृष्टिकोणबाट दुई मुलुक बीचको व्यापारिक भिडन्तको समाधान गरेमा चीन र अमेरिकाले नयाँ चमत्कार सिर्जना गर्न सक्नेछन्।

जानकारी तथा लेखहरु