फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उद्धार टोली फुकेट उद्धार कार्यमा सहभागी

(GMT+08:00) 2018-07-08 16:01:20
थाइल्याण्डको फुकेटका प्रमुख नोरापाट पलोदथोङले हिजो जुलाई ७ तारिख आयोजित पत्रकार सम्मेलनमा दुईवटा चिनियाँ उद्धार टोली फुकेट टापूमा डुबेका क्रूज जहाजको उद्धारमा सहभागी भएपछि उद्धारकार्य चाँडो भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार, हिजै "फिनिक्स" क्रूज जहाजबाट आठवटा शव झिकिएको छ। क्रूज जहाज डुबेपछि हालसम्म बयालीस जनाको मृत्यु हुनुका साथै चौध जना बेपत्ता भएका छन्।

हिजो विहान चिनियाँ यातायात मन्त्रालयका दश सदस्यीय उद्धार टोली तथा च च्याङ प्रान्तको हाई निङका सात सदस्यीय उद्धार टोली फुकेट पुगी थाइल्याण्डसँगै उद्धार कार्य गरेको छ।

थाइल्याण्डको नौ सेनाको तेह्रो युद्धपोत दलका उपनिर्देशक चारोइनफोल कुमरासीले थाइल्याण्डको नौ सेनाको उद्धार उपकरणबारे जानकारी दिनुभयो। तीमध्ये पाँचवटा हेलिकोप्टर तथा तेह्रवटा उद्धार जहाज रहेका छन्।

जानकारी तथा लेखहरु