फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ सातौं चीन-मध्य पूर्वी युरोपेली मुलुकका नेताहरूको भेटघाटमा सहभागी

(GMT+08:00) 2018-07-08 16:02:19
चीनका प्रधानमन्त्री ली ख छ्याङ हिजो जुलाई सात तारिख बिहान सोफिया संस्कृति भवनमा सातौं चीन-मध्य पूर्वी युरोपेली मुलुकका नेताहरूको भेटघाटमा सहभागी हुनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। मध्य पूर्वी युरोपका सोह्र मुलुकका नेताहरू सहभागी हुनुभएको सो कार्यक्रममा यूरोपेली संघ, अस्ट्रिया, स्विज्ट्ल्याण्ड, ग्रीस, बेलारुस र यूरोपेली उदियमान विकास बैंक पर्यवेक्षकको हैसियतले उक्त भेटघाटमा उपस्थित भएका छन्।

भेटघाटको क्रममा प्रधानमन्त्री लीले चीन तथा मध्य पूर्वी युरोपेली मुलुक बीचको सहकार्यले सधैं नै खुलस्त, प्रभावकारी र सहिष्णु सिद्धान्तलाई कायम राख्नुका साथै बहुपक्षीय खुला हुने सहकार्यको नयाँ ढाँचाको सिर्जना गरेको औँल्याउनुभएको छ।

प्रधानमन्त्री लीले सोह्र प्लस एक सहकार्य सम्बन्धी भावी विकास गुरुयोजनाका लागि वास्तविक प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।

जानकारी तथा लेखहरु