फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौँ चीन-मध्य पूर्वी युरोपेली आर्थिक व्यापारिक मञ्चमा चीनका प्रधानमन्त्री ली ख छ्याङको सम्बोधन

(GMT+08:00) 2018-07-08 16:03:14
स्थानीय समय जुलाई सात तारिख विहान चीनका प्रधानमन्त्री ली ख छ्याङले बुल्गेरियाको सोफिया सांस्कृतिक दरबारमा मध्य पूर्वी युरोपका सोह्रवटा मुलुकका नेतागणसँग संयुक्त आठौँ चीन-मध्य पूर्वी युरोपेली आर्थिक व्यापारिक मञ्चको उद्धाटन समारोहमा भाग लिनु भएको छ। सो अवसरमा उहाँले महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

सम्बोधनमा प्रधानमन्त्री लीले चीन-मध्य पूर्वी युरोपेली मुलुकबीचको सहयोगले विभिन्न पक्षको हित अनुकूल जीवन्त शक्ति देखा परेको बताउनुभयो। केही वर्षयता चीन र मध्य पूर्वी युरोपेली मुलुकबीचको व्यापारिक परिमाण निरन्तर विस्तृत हुँदै आएको, आपसी लगानी स्थिर रूपमा बृद्धि भएको, पूर्वाधारबाट आपसी संजाल तथा सम्पर्क निर्माणमा विकास हुँदै आएको, आपसी हितयुक्त र साझा विजयलाई साकार तुल्याउनुका साथै जनतालाई हित कल्याण पनि पुगेको प्रधानमन्त्री लीले बताउनुभएको छ।

चीन र मध्य पूर्वी युरोपेली मुलुक सरकार र उद्योग वाणिज्य व्यवसायका प्रतिनिधिहरू सम्मिलित एक हजारभन्दा बढी प्रतिनिधि सो मञ्चको उद्धाटन समारोहमा सहभागी छन्।

जानकारी तथा लेखहरु