फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले सुरु गरेको व्यापारिक युद्धले विश्वको उत्पादन शृङ्खलामा गम्भिर क्षति पुर्‍याउने विशेषज्ञको ठहर

(GMT+08:00) 2018-07-08 18:25:13
अमेरिकाले जुलाई ६ तारिखदेखि चौँतीस अर्ब अमेरिकी डलर मूल्यको चिनियाँ मालसामानहरुमाथि थप २५ प्रतिशतको भन्सार कर लगाएर व्यापारिक युद्ध सुरु गरेको छ। चीनले बाध्य भएर त्यसको प्रतिकार गरेको छ। यसबारे धेरै चिनियाँ अर्थशास्त्रीहरुले अमेरिकाले गरेको व्यापारिक युद्धले आर्थिक नियमको उलङ्घन गर्नुका साथै विश्वको उत्पादन शृङ्खलामा गम्भिर क्षति पुर्‍याउने ठहर गरेका छन्।

विशेषज्ञहरुका अनुसार,अमेरिकाले व्यापारिक घाटा तथा असन्तुलित समस्याको समाधानका लागि व्यापारिक युद्ध गरेको होइन,बरु चीनको विकासलाई रोक्ने अमेरिकाको रणनीतिक विचार हो। चिनियाँ वाणिज्य मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहयोग अनुसन्धानालयका अनुसन्धानकर्ता मै सिन युले वर्तमान अमेरिकाको राम्रो आर्थिक परिस्थितिमा युद्ध सुरु गरेको कुराले उसको रोजगारी तथा कल्याणकारी कार्यलाई बढाउन नसक्ने विश्लेषण गर्नुभयो।

चिनियाँ अन्तर्राष्ट्रिय व्यापार सँघ अन्तर्गत विशेषज्ञ समितिका उप-प्रमुख ली युङले चीनको स्थिर आर्थिक विकास व्यापारिक युद्ध गर्ने सबैभन्दा महत्वपूर्ण आधार रहेको ठहर गर्नुभयो।

जानकारी तथा लेखहरु