फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्बीपमलाई आणविकरहित बनाउन अमेरिका जापान र दक्षिण कोरिया प्रतिवद्ध

(GMT+08:00) 2018-07-08 18:27:23
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ उत्तर कोरियाको भ्रमण सम्पन्न गरी आज जुलाई आठ तारिख टोकियोमा आयोजित जापान अमेरिका र गणतन्त्र कोरियाका विदेश मन्त्री सम्मेलनमा सहभाभगी हुनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। तीनवटा मुलुकले निरन्तर घनिष्ट सहयोग गर्नुका साथै कोरियाली प्रायद्बीपलाई आणविकरहित बनाउने लक्ष्यलाई साकार तुल्याउने र बालिस्टिक क्षेप्यास्त्र हटाउने कुरालाई पुन: निश्चित पारेको जानकारी पोम्पेओ तथा जापानी विदेश मन्त्री तारो कोनो र गणतन्त्र कोरियाली विदेश मन्त्री काङ क्युङ ह्वाले संयुक्त रुपमा व्यक्त गर्नुभएको छ।

जापानी प्रधानमन्त्री शिन्चो आबेले प्रधानमन्त्री भवनमा पोम्पेओसँग वार्ता गर्नुभयो। त्यसपछि आयोजित तीनवटा मुलुकका विदेश मन्त्री सम्मेलनमा पोम्पेओले आफ्नो उत्तर कोरिया भ्रमणमा उत्तर कोरियासँग छलफल गरेको विषयको ब्याख्या गर्नुभएको छ।

जानकारी तथा लेखहरु