फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने नेपालका लागि चिनियाँ राजदुतको सुझाव

(GMT+08:00) 2018-07-09 16:19:09

नेपालका लागि चिनियाँ राजदुत यु होंङले 'ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क' को 'फ्रेमवर्क' अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताउनुभएको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित 'प्रोस्पेक्ट्स अफ नेपाल–चिन ट्रेड एण्ड इकोनोमिक रिलेसन्स' बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत बिश्वब्यापी परियोजना 'बेल्ट एण्ड रोड इनिसियटिभ'मा नेपाल सहभागी भैसकेकोले यस अन्तर्गत हुने सहकार्यबाट नेपालको समृद्दिको गति तिब्र बन्ने कुरा उहाँले बताउनुभयो।

भर्खरै मात्र नेपालका प्रधानमन्त्री के. पी. शर्मा ओलीको चीन भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरु ऐतिहासिक भएको भन्दै उहाँले भन्नुभयो, "नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षेणमा आइपुगेको छ। यो मैत्रिपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदान–प्रदानले दुवै देशलाई प्रचुर फाइदा र सिकाई हुनेछ।"

नेपाल–चीनको नयाँ नाका केरुंगलाई आधुनिक भौतिक पूर्वाधार सहितको अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गर्न चीन सहयोग गर्न तयार भएको समेत उहाँको कथन थियो । तातोपानी नाकालाई पुनः संचालनमा ल्याउने सवालमा दुई–पक्षीय रुपमा उच्च तहमा थप कुराकानी गर्दै जान आवश्येक रहेको उहाँले बताउनुभएको कारोबार अनलाइनले जनाएको छ।

सन् २०२० सम्ममा २० लाख पर्यटक भित्रर्याउने नेपाल सरकारको लक्ष प्राप्त गर्ने कुरामा चीनले सहयोगी भूमिका खेल्न तयार रहेको कुरा पनि राजदुत होङले बताउनुभयो। कनेक्टिभिटीसंग सम्बन्धित भौतिक पूर्वाधार निर्माणको लागि संयुक्त लगानी र मेहनत महत्वपूर्ण हुने उहाँको तर्क थियो ।

देशको समृद्धिको लागि शिक्षा महत्वपूर्ण भएकोले नेपालको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिमा हाल सात हजार भन्दा बढी बिद्यार्थीहरु चीनमा अध्ययन गरिरहेको कुरा पनि उहाँले जानकारी दिनुभयो।

एक अर्को प्रसंगमा राजदुत होंगले नेपालको सम्भाव्यता थाहा भए भन्दा निकै बढी रहेको र उक्त सम्भाव्यता पत्ता लगाउन चीनले सहयोग गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिको लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको कुरा बताउनुभयो। अफ्रीका, युरोप, लेटिन अमेरिका र एसियाली देशहरुमा चिनियाँ लगानीले कतिपय ठाउँमा कायापलट गरेको भन्दै उहाँले चिनियाँ लगानीमा प्रचुर मात्रामा बृद्धि हुन गएमा नेपालको लागि मात्र होइन, दुई देशबीच प्रबिधि, लगानी, श्रम र अनुभवबिचमा हुने सहकार्यको माध्यमबाट नेपालमा उत्पादित बस्तुहरुको चीनमा हुने निर्यातले चीनलाई पनि फाइदा पुने बताउनुभयो।

चीन सबै भन्दा ठुलो लगानीकर्ता र निर्यातकर्ता मात्र नभै विश्वमै सबै भन्दा ठुलो आयातकर्ता समेत भएकोले उसको हिमालयन छिमेकी नेपालको उत्पादनलाई चीनले आयात गरेर नेपालको चीनसंगको ब्यापार घाटा कम गर्न सघाउनुपर्ने श्रेष्ठको धारणा थियो।

जानकारी तथा लेखहरु