फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङद्वारा जर्मनीको औपचारिक भ्रमण शुरु

(GMT+08:00) 2018-07-09 16:19:37

स्थानीय समय जुलाई आठ तारिख दिउँसो जर्मनी चान्सलर एन्जेला मर्केलको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङले बर्लिन पुगेर जर्मनीको औपचारिक भ्रमण शुरु गर्नुभएको छ। उहाँ र जर्मन चान्सलर मर्केलले पाँचौं चीन-जर्मन सरकारी छलफलको संयुक्त रुपमा अध्यक्षता गर्नुहुने कार्यक्रम छ।

प्रधानमन्त्री लीले सरकारी छलफल प्रणाली हालै चीन र जर्मनीबीच उच्चस्तर, सबैभन्दा ठूलो परिमाणको वार्ता र आदान-प्रदान मञ्च भएको प्रतिक्रिया दिनुभएको छ। यसबाट चीन-जर्मनी विविध क्षेत्रको सहयोग बढाउन महत्वपूर्ण भूमिका निर्वाह हुने पनि उहाँले बताउनुभयो।

हालको जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा चीन र जर्मनीबीच नयाँ सरकारका विभिन्न विभागले यस पटकको छलफलमार्फत सहयोगलाई सबल पार्ने र साझा विकासको अवधारणा अघि सार्ने आशा व्यक्त गर्नुभयो।

भ्रमणका क्रममा प्रधानमन्त्री लीले जर्मन चान्सलर मर्केलसँग भेट-वार्ता गर्नुका साथै चीन-जर्मनी आर्थिक प्राविधिक सहयोग मञ्चमा भाग लिनुका साथै सम्वोधन पनि गर्नुहुनेछ। चिनियाँ प्रधानमन्त्री लीले जर्मन राष्ट्रपतिसँग पनि भेट-वार्ता गर्नुहुने छ।

जानकारी तथा लेखहरु