फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व व्यापार युद्धमा अमेरिका विरूद्ध विश्व समुदाय एक हुँदै

(GMT+08:00) 2018-07-09 18:52:32

जुलाई महिनादेखि विभिन्न मुलुकले डोनाल्ड ट्रम्प सरकारले थालेको व्यापार युद्धको कडा रूपमा विरोध गरेका छन्। क्यानाडाले लगभग बाह्र अर्ब साठी करोड अमेरिकी डलरका सामानमाथि भन्सार कर थप गरेको छ भने मेक्सिकोले दोस्रो चरणमा तीन अर्ब अमेरिकी डलरका सामानमाथिको भन्सार कर बढाएको छ। छ तारिख चीनले चौंतीस अर्ब अमेरिकी डलरका सामानमाथि भन्सार कर थपेको जनाएको छ। त्यसैगरी रुसले पनि अमेरिकी केही सामानमाथि भन्सार कर थप गर्ने निर्णय गरेको छ।

विश्वका उद्योग श्रृंखला अन्तर्गत विभिन्न पक्षको हितसँग सम्बन्धित रहेको यस व्यापार युद्धमा धेरै मुलुक सहभागी भएका छन्। यो वातावरणमा अमेरिकी कुनै प्रतिरोध देखिँदैन र अमेरिकासँग सन्तुलन तथा सम्झौता गरेका पक्षहरु थप पीडित हुने सम्भावना रहेको छ।

यसै ६ तारिख सार्वजनिक प्रतिवेदनमा अमेरिकाले नयाँ रोजगारीको कूल संख्या दुई लाख १३ हजार वटा हो। सो बारे केहीले अमेरिका व्यापार युद्धको विजेता भएको ठहर गरेका छन्। तर "न्यूयोर्क टाइम्स"का अनुसार, अमेरिकी ठूलो भटमासको स्टक मूल्य नै पच्चीस तारिखदेखि 15 प्रतिशतले घट्न थालेको छ।

थाहा भए अनुसार, आठ तारिखसम्म विभिन्न मुलुकले अमेरिकी पचहत्तर अर्ब अमेरिकी डलर सामानमाथि भन्सार कर थप गरेका छन्। तीमध्ये चीनले चौंतीस अर्ब अमेरिकी सामानमाथि भन्सार कर थपेपछि चीन र अमेरिकाबीचको व्यापारिक युद्ध चर्किँदै गरेको देखिन्छ। तर अमेरिकाले भन्सार कर थप गरेका चीन उत्पादित कम्प्युटर र इलेक्ट्रोनिक उत्पादनहरूमध्ये 87 प्रतिशत उत्पादनहरु विदेशी कम्पनीद्वारा चीनमा उत्पादन गरिएका हुन्।

पाँच तारिख चीनका परराष्ट्र मन्त्री वाङ यी र अस्ट्रियाका विदेशमन्त्रीले आयजना गरेको पत्रकार सम्मेलनमा चीनले व्यापार संरक्षणवादको विरोध गरेको र सो बाट आफ्नो वैधानिक हितको सुरक्षा मात्र नभएर यूरोपेली संघ सहित विभिन्न मुलुकको हितको सुरक्षा गरेको ठहर गरेका छन्।

जानकारी तथा लेखहरु