फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा पाकिस्तानी रिमोट सेन्सिङ उपग्रह प्रक्षेपणमा सहायता

(GMT+08:00) 2018-07-09 18:55:34

नौ तारिख बिहान चीनले च्यौ छ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट "छाङ चङ-२ नम्बर पिङ ढुवानी रकेटले "एक रकेट दुई उपग्रह"को उपायमार्फत पाकिस्तानलाई रिमोट सेन्सिङ एक नम्बर उपग्रह र प्राविधिक परीक्षण उपग्रह "पाक्टेस-वान-ए" नामक उपग्रह सफलता पूर्वक प्रक्षेपण गरिदिएको जनाएको छ।

पाकिस्तानको सञ्चार उपग्रह वान-आर पछि चीन र पाकिस्तानले अन्तरिक्ष क्षेत्रमा फेरि एक पटकको यस्तो सहकार्य गरेका हुन्।

पाकिस्तानको रिमोट सेन्सिङ एक नम्बर उपग्रह चिनियाँ अन्तरिक्ष प्राविधिक अध्ययन संस्था अन्तर्गत अन्तरिक्ष तोङ्फान होङ् उपग्रह केन्द्रित कम्पनीले पाकिस्तानका लागि अनुसन्धान उत्पादन गरेको हो। "पाक्टेस-वान-ए" नामक उपग्रह पाकिस्तानले आफैंले अनुसन्धान गरेको उपग्रह हो।

जानकारी तथा लेखहरु