जुलाइ नौ तारिख चीनले माल्दिभ्सलाई निर्माणमा सहयोग गरिदिएको चीन-माल्दिभ्स मैत्री पूलको नं 20 पियर र नं 21 पियर जोडिएको छ जसबाट पूरै पूल औपचारिक रुपमा जोडिएको छ।
चीन-माल्दिभ्स मैत्री पूलको कूल लम्बाइ दुई हजार मिटर छ र समुद्र पार हुने पूलको लम्बाई एक हजार तीन सय नब्बे मिटर छ। सन् 2014 मा दुई देशका नेताले सल्लाह गरी यो निर्णय गरेको कार्यक्रम हो। यो पूल निर्माण भएपछि माल्दिभ्सको राजधानी माले टापु, विमानस्थल टापु र हुलुमाले टापुलाई जोडिनेछ र स्थानीय सर्वसाधारणको यातायात अवस्था र विकास स्पेसको सुधार भएर माले क्षेत्रको आर्थिक विकासलाई बढाउनसकिन्छ। साथै बेल्ट एन्ड रोडको प्रारम्भिक अवधिमा संचालन भएको तथा ठूलो उपलब्धि पाएको ठूलो पूर्वाधार कार्यक्रम पनि बन्नेछ।