फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीद्वारा अरब लीगका महासचिव र इजिप्टका विदेशमन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2018-07-09 18:59:53
चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले आठ तारिख पैचिङमा चीन-अरब मुलुक सहयोग मञ्चको आठौँ मन्त्रीस्तरीय सम्मेलनमा संलग्न हुनुभएका अरब लीगका महासचिव अहमद अब्दुल गेइत र इजिप्टका विदेशमन्त्री सामेह शौक्रीसँग बेग्ला बेग्लै भेटवार्ता गर्नुभएको छ।

गेइतसँगको भेटमा वाङ यीले दुई पक्षले रणनैतिक अन्तर्क्रिया बढाएर बेल्ट एण्ड रोडको संयुक्त निर्माण मार्फत् दीर्घकालीन तथा स्थिर आपसी सहयोग साझेदारी विकास गर्न तथा चीनको तीव्र विकासको मौका छोपी अरबेली मुलुकको आर्थिक विविधता र औद्योगिकीकरणमा प्रवर्द्धन गर्नुपर्ने दोहोर्‍याउनुभयो।

प्रत्युत्तरमा गेइतले चीनसँग बेल्ट एन्ड रोड योजनामा सहयोग बढाउने अपेक्षा अरबले लिएको व्यक्त गर्नुभयो।

चीन-इजिप्ट विदेशमन्त्रालयबीचको रणनैतिक वार्तामा वाङ यीले चीनले इजिप्टसँग रणनीतिक अन्तर्क्रिया बढाउने इच्छा लिएको व्यक्त गर्नुभयो। उहाँले बेल्ट एन्ड रोडको निर्माणमा संलग्न भएर विभिन्न क्षेत्रको सहयोगलाई गहन पार्न चीनले इजिप्टलाई स्वागत गरेको बताउनुभयो।

प्रत्युत्तरमा शौक्रीले इजिप्टले मध्य-पूर्वको शान्ति र स्थिरताको लागि चीनले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुका साथै बेल्ट एण्ड रोड, चीन-अरब मञ्च, चीन-अफ्रिका सहयोग मञ्चको प्रारुपमा सहयोग गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु