फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्लाष्टिकलाई चिनौं" भन्ने मूल नाराका साथ काठमाडौमा प्लाष्टिक प्रदर्शनीको आयोजना हुने

(GMT+08:00) 2018-07-10 15:39:20

प्लाष्ट नेपाल फाउण्डेशनले आगामी असोज महिनाको १९, २० र २१ गतेका दिन काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको "प्लाष्ट नेपाल २०१८" नामक प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ।

प्लाष्टिक प्रदर्शनीमा नेपाल तथा भारतका प्रमुख प्लाष्टिक उद्योगहरु लगायत अन्य देशका समेत करिब ५ सय प्लाष्टिक उद्यमी व्यवसायीहरु गरी करिब ६० हजार दर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।

"प्लाष्टिकलाई चिनौं" भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको यस प्रदर्शनीमा राखिने विभिन्न स्टलहरुमार्फत उपभोक्ताले स्वदेशी उत्पादनको जानकारी पाउनेछन् भने उद्योग व्यवसायीहरुले नवीन प्रविधि तथा कच्चा पदार्थका सम्बन्धका विषयमा विविध जानकारी पाउनेछन् ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्द्धनसँगै उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाको सकारात्मक भूमिका रहने अपेक्षा गरिएको छ।

जानकारी तथा लेखहरु