फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई उपहारमा दिइने गैंडा हाल काठमाडौंमा, हालसम्म विभिन्न देशलाई २६ गैँडा उपहार

(GMT+08:00) 2018-07-10 15:40:26
चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको एक जोडी गैंडा चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार काठमाडौं ल्याइएको छ। जोडी गैंडा यही असार २८ गते चीन पठाइने नेपालखबर अनलाइनले जनाएको छ।

यसैबीच नेपालले विभिन्न देशलाई उपहारस्वरूप अहिलेसम्म २६ वटा गैंडा पठाइसकेको छ। चितवन राष्ट्रिय निकुञ्जबाट अहिलेसम्म अमेरिकालाई ६ र भारतलाई चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मन, बेलायत र अष्ट्रियालाई दुई/दुई गैंडा उपहार पठाइएको हो। निकुञ्जको तथ्यांकअनुसार पहिलोपटक सन् १९८५ मा भारतको दुधुवामा चार गैंडा पठाइएको थियो भने पछिल्लोपटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैंडा पठाइएको थियो।

१२ वर्षपछि नेपालले अहिले फेरि दुई जोडी गैंडा चीन पठाउँदैछ। यो समेत गरेर राष्ट्रिय निकुञ्जबाट पठाइएका गैंडाको संख्या ३० पुग्ने छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार यसअघि गैंडा पठाएर भारत, म्यान्मा र थाइल्याण्डबाट हात्ती नेपालमा ल्याइएको थियो। गैंडा दिएर भारतबाट मात्र १६ वटा हात्ती ल्याइएको निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले जानकारी दिनुभयो। चीनलाई गैंडा उपहार दिएर चीनबाट जाइन्ट पाण्डा ल्याउन सके ठूलो उपलब्धि हुने उहाँको भनाइ छ।

विभिन्न देशसँग सम्बन्ध सुमधुर बनाउन यसरी जनावर उपहार पठाउने गरिएको हो। यसबाट जनावरको वंश विस्तारमा पनि सहयोग पुग्नेछ।

जानकारी तथा लेखहरु