फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ आठौं चीन-अरब सहयोग मञ्चको उद्घाटनमा

(GMT+08:00) 2018-07-10 18:31:54

आठौं चीन-अरब सहयोग मञ्च अन्तर्गत मन्त्रीस्तरीय सम्मेलन दश तारिख पैचिङमा शुरु भयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुका साथै "नयाँ युगमा चीन र अरब देश रणनैतिक साझेदारी सम्बन्धको संयुक्त प्रवर्द्धन" विषयक महत्वपूर्ण सम्बोधन पनि गर्नुभयो। उहाँले चीन र अरब देशले एकमत हुँदै चौतर्फी सहयोग, साझा विकास, भविष्यको सामना गर्दै चीन-अरब रणनैतिक साझेदारी सम्बन्धको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले चीनले प्रस्तुत गरेको "एक पेटी एक मार्ग" अवधारणालाई अरब देश सहित अन्तर्राष्ट्रिय समाजले व्यापक समर्थन र सकारात्मक सहभागिता जनाएको बताउनुभयो। उहाँले "एक पेटी एक मार्ग"बाट चीन र अरब देशबीचको सम्बन्ध चौतर्फि रुपमा अघि बढेको बताउनुभयो। उहाँले चीन र अरब देशले "एक पेटी एक मार्ग"को निर्माणलाई संयुक्त रुपमा बढाउने औंल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले चीन र अरब देश विश्वका महत्वपूर्ण राजनीतिक शक्ति भएको बताउँदै मध्य-पूर्वको प्रशासनमा धेरै समस्याको समाधान गर्ने उपाय विकास भएको सुझाउनुभयो। उहाँले सम्बन्धित पक्षले अन्तर्राष्ट्रिय सहमतिको पालना गर्दै प्यालेष्टाइन समस्याको उचित समाधान निकाल्न पनि आग्रह गर्नुभयो।

त्यस्तै कुवेतका अमीर सबाह अहमद अल सबाह, यस सम्मेलनका अध्यक्ष एवम् साउदी अरबका विदेश मन्त्री, अरब लिगका महासचिव अहमद अब्दुल गाइतले छुट्टा-छुट्टै रुपमा सम्बोधन गर्नुभयो।

जानकारी तथा लेखहरु