फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अरब सम्बन्धले नयाँ पृष्ठ खोलेको परराष्ट्रमन्त्री वाङ यीको भनाइ

(GMT+08:00) 2018-07-10 18:32:22

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले दश तारिख पैचिङमा चीन-अरब सहयोग मञ्चको आठौँ मन्त्रीस्तरीय सम्मेलनको अध्यक्षता गर्नुभएको छ। वाङ यीले उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिन फिङले चौतर्फी सहयोग, संयुक्त विकास, भविष्यको सामना गर्ने रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्न चीन र अरबले स्वीकार गरेको घोषणा गर्नुभएको छ। यो नै कोशेढुङ्गाको अर्थपूर्ण समय भएको र यसबाट चीन-अरब सम्बन्धको नयाँ इतिहासको पृष्ठ खोलिएको पनि वाङको प्रतिक्रिया थियो।

वाङ यीले राष्ट्राध्यक्ष सी चिन फिङको सम्बोधनले विकासोन्मुख मुलुक एकताबद्ध भएर पुनःविकासको ऐतिहासिक दृष्टिकोणबाट चीन-अरब दीर्घकालीन हितमा ध्यान दिएर चीन-अरब सम्बन्धको विकासलाई दिशा देखाएको बताउनुभयो। चीनले अरबसँग मिलेर चीन-अरब सम्बन्धलाई उक्त लक्ष्यतिर लैजान अरु कोशिस गर्ने इच्छा लिएको पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु