फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी व्यापार युद्धको प्रतिरोध गर्न चीन सक्षम

(GMT+08:00) 2018-07-10 18:32:41

व्यापार युद्धमा हार जीत हुँदैन। चीन र अमेरिकाबीच आर्थिक इतिहासमा सबैभन्दा ठूलो परिमाणको व्यापार युद्ध हुँदा दुवै पक्षले मूल्य चुकाउनुपर्ने अवस्थाबारे चीनले राम्रो प्रतिक्रिया जनाएको छ। चीन र अमेरिका व्यापार युद्धबाट ल्याइएको प्रभावलाई शान्त पार्नका लागि नौ तारिख राति चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले चार वटा कदम चाल्ने घोषणा गरेका छन्।

अमेरिकाले चीनको चौंतीस अर्ब अमेरिकी डलरका सामानमाथि भन्सार कर थप गरेको छ। केही विश्लेषकका अनुसार, सो बाट चीनका केही व्यवसायहरु तथा कर्मचारीहरु र परिवारहरुका लागि प्रभाव ल्याउने छ। त्यसैले चीनले यस पटकको व्यापार युद्ध चाहेको हैन तर अमेरिकाले थालेको व्यापार युद्धको मुख्य उद्देश्य चीनको उच्च प्राविधिक सिर्जना क्षमतामाथि प्रहार गर्नु र चीनको विकासमा अवरोध गर्नु हो। त्यसैले अमेरिकी व्यापार युद्धलाई प्रतिरोध गर्नका लागि चीनका लागि मुलुकको मुख्य हित, जातिय भविष्य तथा जनताको हितको ठूलो कुरा हो।

व्यापार युद्धबारे चीनले नकारात्मक प्रभाव सबैभन्दा कम पार्ने प्रयास गर्नेछ। चीन र अमेरिकाबीचको व्यापार युद्धको बहस शुरु भयो, त्यसैले भविष्यमा धेरै परिवर्तन आउनेछ भने चीनको प्रतिक्रियामा पनि समयानुकूल समायोजन हुनेछ।

अमेरिकी व्यापार युद्धको प्रतिरोधका लागि चीनसँग मूल्य तिर्ने क्षमता छ। चिनियाँ कुल जनसंख्या एक अर्ब चालीस करोड नै आफैंमा धेरै ठूलो उपभोक्ता बजार हो। चीनको आर्थिक वृद्धि दरमा 91 प्रतिशत त घरेलु माग हो। र चिनियाँ सिर्जनशील व्यवसायको कूल संख्या विश्वको दोस्रो स्थानमा रहेको छ। चीनले खुलापनलाई सँधै नै विस्तार गरिरहेको छ, सो बाट संसारले चीनमाथि विश्वास राख्दछ।

जानकारी तथा लेखहरु