फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री लीद्वारा जर्मनी चान्सलर मर्केलसँग भेट-वार्ता

(GMT+08:00) 2018-07-10 18:33:04

नौ तारिख विहान चीनका प्रधानमन्त्री ली खछ्याङले बर्लिनमा जर्मनी चान्सलर एन्जेला मर्केलसँग भेट-वार्ता गर्नुभएको छ।

प्रधानमन्त्री लीले चीन र जर्मन विश्वका मुख्य अर्थव्यवस्था भएका मुलुक भएको भन्दै हाल अन्तर्राष्ट्रिय परिस्थिति जटिल भएपनि आपसी सहयोग सबल पार्ने, स्वतन्त्र व्यापार, उचित व्यापारको समर्थन, विश्व व्यापार वृद्धि तथा विश्व आर्थिक पुनरुत्थान गर्नु आवश्यक रहेको चर्चा गर्नुभयो।

प्रधानमन्त्री लीले चीनले जर्मनीसँग आपसी सम्मान, उचित प्रतिस्पर्धाको आधारमा सबल सहयोग, आपसी हित र साझा समृद्धिलाई साकार तुल्याउन चाहेको औंल्याउनुभयो। भ्रमणको अवसरमा दुवै पक्षले जर्मनी कार व्यवसायद्बारा चीनमा संयुक्त उद्यम कार्यक्रमबारे सम्झौता पत्रहरूमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री लीले आयोजना हुने चीन-यूरोपेली संघ नेताबीचको बीसौं वार्ता सकारात्मक हुने चीनको आशा पनि व्यक्त गर्नुभयो।

जर्मनी चान्सलर मर्केलले हाल अन्तर्राष्ट्रिय वातावरणमा जर्मनी र चीनले आर्थिक व्यापार प्रविधि आदि क्षेत्रको सहयोगलाई सबल पार्नुपर्ने धेरै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले चिनियाँ व्यवसायहरुलाई जर्मनीमा लगानीका लागि स्वागत पनि गर्नुभयो।

जानकारी तथा लेखहरु