फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र कुवेतका अमीरबीच पैचिङमा भेट-वार्ता

(GMT+08:00) 2018-07-10 18:37:18

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नौ तारिख पैचिङमा कुवेतका अमीर सबाह अहमद अल सबाहसँग भेट-वार्ता गर्नुभयो। दुवै मुलुकका नेताले चीन-कुवेत रणनैतिक साझेदारी सम्बन्ध निर्माणबारे मतैक्यता जनाएका छन्।

राष्ट्राध्यक्ष सीले अमीर सबाहको सातौं पटकको चीन भ्रमणप्रति स्वागत गर्नुभयो। उहाँले चीन र कुवेतबीचको सम्बन्धमा दिएको योग्दानको सराहना पनि गर्नुभयो। चीन र कुवेतबीच दौत्य सम्बन्ध स्थापना भएको 47औं वर्षदेखि दुवै पक्षले सँधै नै आपसी आदर, व्यावहारिक सहयोग सबल पारिरहेको पनि उहाँले बताउनुभयो।

चीनसँग"एक पेटी एक मार्ग"सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको एको सबैभन्दा पछिल्लो मुलुक कुवेत भएको सम्झँदै राष्ट्राध्यक्ष सीले दुवै पक्षले ऊर्जा श्रोत, आधारभूत पूर्वाधार, व्यापार, लगानी आदि क्षेत्रको सहयोगलाई सबल पार्नुपर्ने बताउनुभयो।

प्रत्युत्तरमा कुवेतका अमीर सबाहले कुवेतले चीनसँग परम्परागत मित्रता र घनिष्ट सहयोगलाई महत्व दिनुका साथै अन्तर्राष्ट्रिय मामिलामा चीनले निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्नुभयो।

जानकारी तथा लेखहरु