फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौं चीन-अरब सहयोग मञ्च पैचिङमा शुरु

(GMT+08:00) 2018-07-10 11:17:39

आठौं चीन-अरब सहयोग मञ्च अन्तर्गत मन्त्रीस्तरीय सम्मेलन दश तारिख पैचिङमा शुरु भयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, कुवेतका अमीर सबाह अहमद अल सबाह, यस सम्मेलनका अध्यक्ष एवम् साउदी अरबका विदेश मन्त्री, अरब लिगका महासचिव अहमद अब्दुल गाइत तथा एकाईस वटा अरब देशका विदेश मन्त्रीहरु सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले"नयाँ युगमा चीन र अरब देश रणनैतिक साझेदारी सम्बन्धको संयुक्त प्रवर्द्धन" विषयक महत्वपूर्ण सम्बोधन पनि गर्नुभयो।

चीन र अरब देशबीच वार्ता र सहयोगलाई सवल पार्ने, शान्ति र विकासलाई बढाउने ध्येयले चीन-अरब सहयोग मञ्च सन् 2004मा स्थापना भएको हो।

जानकारी तथा लेखहरु