फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवौँ चीन-जर्मनी आर्थिक तथा प्राविधिक सहयोग मञ्चमा प्रधानमन्त्री ली ख छ्याङ सहभागी

(GMT+08:00) 2018-07-10 19:30:41

नवौँ चीन-जर्मनी आर्थिक तथा प्राविधिक सहयोग मञ्चको समापन समारोह जुलाइ नौ तारिख बेलुका आयोजना भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ र जर्मनी चान्सलर एन्जेला मर्केल उक्त कार्यक्रममा सहभागी भएर सम्बोधन पनि गर्नुभएको छ।

प्रधानमन्त्री लीले गत वर्ष राष्ट्राध्यक्ष सी चिन फिङले जर्मनीको भ्रमण गरी जर्मन नेतासँग दुई देश सम्बन्ध विकासबारे तर्जुमा गर्नुभएको बताउँदै आज आफूले चान्सलर मर्केलसँग चीन-जर्मनी पाँचौ चरणको सुझाव सम्मेलनको अध्यक्षता गरेर महत्वपूर्ण सहमति हासिल गरेको जानकारी दिनुभयो। राजनीतिक आपसी विश्वासलाई अरु बढाएर चीन-जर्मनी चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको आधारलाई सुदृढ पारी दुई देशको सहयोगलाई उकास्न सहमत भएको पनि उहाँले व्यक्त गर्नुभयो।

त्यस्तै प्रधानमन्त्री मर्केलले केही वर्षयता जर्मनी र चीनबीचको सहयोगबाट नयाँ उपलब्धि हासिल हुँदैआएको बताउँदै आर्टिफिसियल इन्टेलिजेन्स र इलेक्ट्रिक गाडी आदि नै दुई देश सहयोगको नयाँ क्षेत्र बन्दै गएको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु