फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–भारत सीमानाकामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने प्रवेशद्वार बन्ने

(GMT+08:00) 2018-07-11 15:58:52

सिद्धार्थनगर नगरपालिकाले रूपन्देहीको नेपाल–भारत सीमानाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बनाउन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको छ।

नगरप्रमुख हरिप्रसाद अधिकारीले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा गेट निर्माण सम्झौता गरिएको हो। सोमबार नगरपालिका र निर्माण कम्पनी प्राकृतिक निर्माण प्रालि भैरहवाबीच सम्झौता भएको छ। एक करोड ९९ लाख रुपियाँमा निर्माण हुने गेट निर्माण व्यवसायी कम्पनीले आउँदो २०७६ पुस मसान्तभित्र निर्माण गरिसक्ने गरी सम्झौता गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो ।नगरपालिकाले नेपाल आउने पर्यटकहरूले बुद्धभूमि आइपुगियो भन्ने सन्देश दिने कलात्मक शान्तिद्वार निर्माण गर्न लागेको जनाएको छ। प्रवेशद्वार ५० मिटर लम्बाइ, २३.८० मिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो हुनेछ। द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा, बुद्ध झण्डाले सिंगारिनेछ। यस्तै द्वारमा बौद्ध ध्वनि गुन्जायमान पनि हुने छ भने यो नेपालकै नमुना गेट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले बताउनुभयो।

पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्तिका अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजीवी, इन्जिनियर, प्रबुद्ध व्यक्ति, जनप्रतिनिधि, परामर्शदाता, बौद्ध ज्ञाता र नगरवासीको छलफलमा प्रवेशद्वारको खाका तयार पारिएको हो।

जानकारी तथा लेखहरु