फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पनि विश्व जनसंख्या दिवस मनाइँदै

(GMT+08:00) 2018-07-11 15:59:15

आज विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ।

दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुने गर्दछ। यसवर्ष जनसंख्या दिवसको नारा 'युवामा लगानी गरौं' भन्ने राखिएको छ।दिवसका अवसरमा शुभकामना दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने बताउनभुयो। अधिकारीले देशले युवा लक्षित लगानी गर्न सके देश विकासमा ठूला टेवा पुग्छ, भन्नुभयो।

विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलार्इ युवा मानिन्छ। नेपालमा यो उमेरका करिब ३३ प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु