फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अरब सहयोग मञ्चको आठौँ मन्त्रीस्तरीय सम्मेलनको उपलब्धीबारे चीनका परराष्ट्र मन्त्री वाङ यीको धारणा

(GMT+08:00) 2018-07-11 18:15:02

दश तारिख चीनका परराष्ट्र मन्त्री वाङ यी, साउदी अरबका विदेश मन्त्री अदेल अल-जुबैर, अरब लिगका महासचिव अहमद अब्दुल घेइतले चीन-अरब सहयोग मञ्चको आठौँ मन्त्रीस्तरीय सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा यस पटकको सम्मेलनमा हासिल गरिएको सफलताबारे जानकारी दिनुभएको छ।

परराष्ट्र मन्त्री वाङले उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सीले चीन र अरब देशले चौतर्फी रुपमा सहयोग, साझा विकास र भविष्यको सामना गर्दै रणनैतिक साझेदारी सम्बन्ध निर्माणको घोषणा गर्नुभएको छ। सोबाट चीन र अरब देशबीचको सम्बन्धमा नयाँ अध्याय खोलिएको मन्त्री वाङले बताउनुभयो।

यस पटकको सम्मेलनमा भविष्यका लागि योजना तर्जुमा गरिएको छ। चीन र अरब देशले "पैचिङ घोषणा पत्र", "सन् 2018-2020 मञ्चको कार्य योजना", "चीन र अरब देशद्बारा "एक पेटी एक मार्ग"को संयुक्त निर्माण सम्बन्धी घोषणा पत्र" यी तीन वटा सम्झौतामा हस्ताक्षर गरेका छन्। दुवै पक्षले विभिन्न क्षेत्रको सहयोगमा एक सय भन्दा बढी सहमतिमा मतैक्यता जनाएका छन्। दुवै पक्षले चीन-अरब सहयोग मञ्चको प्रणालीको निर्माणलाई अझै अघि बढाउन स्वीकार गरेका छन्। अरब जातिय आफ्नो वैध अधिकारको रक्षा गर्न चीनले निरन्तर रुपमा कडा समर्थन जनाउनुका साथै प्यालेष्टाइन समस्या छिटो भन्दा छिटो, उचित समाधान खोज्न चीनले प्रयास पनि गरिरहेको छ।

जानकारी तथा लेखहरु