फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले चिनियाँ सामानमाथि भन्सार कर थप गर्न खोजेकोप्रति चीनको वाणिज्य मन्त्रालयको आपत्ति

(GMT+08:00) 2018-07-11 18:15:27

अमेरिकाले चिनियाँ दुई खर्ब अमेरिकी डलर बराबरका सामानमाथि भन्सार कर थप गर्ने धारणा सार्वजनिक गर्न लागेकोबारे चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले चीनको तर्फबाट प्रतिक्रिया सार्वजनिक गरेका छन्।

ती प्रवक्ताले अमेरिकाको यो व्यवहारप्रति चीनले कडा आपत्ति जनाएको र ठाडै अस्वीकार गर्ने बताए। उनले अमेरिकी यो व्यवहारबाट चीनमाथि चोट लागेको भन्दै यसले विश्वलाई मात्रै नभएर उसैलाई चोट पुग्ने चेतावनी दिए।

प्रवक्ताले मुलुकको मुख्य हित र जनताको आधारभूत हित सुरक्षा गर्नका लागि चीन सरकारले आवश्यक प्रतिरोधी कदम चाल्न सक्ने बताए। यसका साथै अन्तर्राष्ट्रिय समाजले संयुक्त रुपमा प्रयास गर्दै उनले स्वतन्त्र व्यापार प्रणाली र बहुपक्षीय व्यापार प्रणालीलाई संयुक्त रुपमा सुरक्षा गर्न र व्यापार आधिपत्य नीतिको संयुक्त रुपमा प्रतिरोध गर्न अपील पनि गरे। प्रवक्ताले अमेरिकी एकपक्षीयतावादको व्यवहारबारे विश्व व्यापार संगठनमा उजुरी दिने चेतावनी दिए।

जानकारी तथा लेखहरु