फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाबाट आयात हुने भटमास अपर्याप्तता हटाउने चीनको क्षमता रहेको चिनियाँ विशेषज्ञको विचार

(GMT+08:00) 2018-07-11 18:43:50

जुलाइ छ तारिख अमेरिकाले 34 अर्ब अमेरिकी डलरका चिनियाँ वस्तुमाथि थप पच्चीस प्रतिशत आयात कर लगाउन थालेको छ। त्यसको प्रतिकृयामा चीनले भटमास लगायत अमेरिका उत्पादित केही सामानमाथि कर थप गरेको छ। यसरी नै भटमासप्रति विश्वको ध्यानाकर्षण बनेको छ। चीनको राष्ट्रिय अनाज र तेल सूचना केन्द्रका वरिष्ठ अर्थशास्त्री वाङ ल्याउ वीले अमेरिकाले चर्काएको यस विश्व आर्थिक इतिहासकै सबैभन्दा ठूलो व्यापार युद्धबाट विश्व भटमासको व्यापार अवस्था परिवर्तित हुनेछ तर अमेरिकाबाट आयातित भटमास अपर्याप्ततालाई मेटाउने चीनको क्षमता रहेको व्यक्त गर्नुभयो।

तथ्याङ्कका अनुसार, विगत बीस वर्षमा विश्व भटमास व्यापारको बृद्धि मात्रामध्येको 85 प्रतिशत चीनबाट भएको हो र भविष्यमा चीनको चाहना नै विश्व भटमास व्यापार बढाउने मुख्य स्रोत भइरहनेछ। यदि अमेरिकाले निरन्तर रुपमा व्यापार युद्ध गरेमा अमेरिकी भटमास किसानले बढ्दै जाने चीनको भटमास चाहनाबाट फाइदा लिनसक्ने छैनन्।

जानकारी तथा लेखहरु