फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्बारा थालेको व्यापार युद्धमा केही पनि विजयी नहुने चीनको ठहर

(GMT+08:00) 2018-07-11 18:44:14

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले दश तारिख 2 खर्ब अमेरिकी डलरका चिनियाँ सामानमाथि भन्सार कर थप गर्ने भनाइ सार्वजनिक गरेको छ। आज एघार तारिख आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुन यीङले अमेरिकाको यो व्यवहार व्यापारमाथिको आधिपत्य नीति भएको टिप्पणी गर्नुभएको छ।

उहाँले चीनले आवश्यकता बमोजिम प्रतिरोधी कदम चाल्ने र आफ्नो वैध अधिकारको कडा सुरक्षा गर्ने पनि बताउनुभयो। उहाँले यस पटकको व्यापार युद्ध एकपक्षीयतावाद र पहुपक्षीयतावाद, सुरक्षावाद र स्वतन्त्र व्यापार, व्यापार आधिपत्य नीति र नियमबीचको युद्ध भएको निष्कर्ष निकाल्नुभयो। उहाँले चीनले अन्तर्राष्ट्रिय समाजसामु इतिहासको सही पक्षमा उभिन पहुपक्षीय प्रणाली र नियमलाई संयुक्त रुपमा सुरक्षा गर्ने औंल्याउनुभयो।

अमेरिकाद्बारा थालेको व्यापार युद्धबाट अन्तर्राष्ट्रिय समाजले सो प्रति चिन्ता व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक क्रिस्टिना लागार्देले विश्व व्यापार प्रणालीमा ल्याइएको चोटबारे अमेरिकाले मूल्य चुकाउनुपर्ने बताउनुभयो। विश्व व्यापार संगठनका महानिर्देशक रोबर्टो अजेवेतोले विश्व व्यापार प्रणाली उथलपुथल पार्न शुरू भएकोमा चिन्ता प्रकट गर्नुभयो। अमेरिकी पूर्व संघीय रिजर्व प्रणालीका अध्यक्ष अलेन ग्रेनस्पेनले अमेरिकाले अरु देशलाई भन्सार कर थप गर्नुको अर्थ वास्तविक रूपमा अमेरिकी जनताले बिल भुक्तान गरेको बताउनुभयो।

सो बारे प्रवक्ता ह्वाले हाल विभिन्न मुलुकको आर्थिक र विश्व उद्योग श्रृंखलाबीच विभिन्न डिग्री मिलेकोले व्यापार युद्धमा दुवै पक्षको हितमा असर पर्नुका साथै विश्व उद्योग श्रृंखलामा विभिन्न पक्षको नोक्सानी हुने दावी गर्नुभयो। उहाँले थप्नुभयो, 'व्यापार युद्धमा कोही पनि विजयी हुनसक्दैन।'

जानकारी तथा लेखहरु