फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान आर्थिक कोरिडर स्थिर रुपमा विकास हुनसक्ने चीनको विश्वास

(GMT+08:00) 2018-07-11 18:44:47

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीन-पाकिस्तान आर्थिक कोरिडर चीन र पाकिस्तानबीच सम्पन्न भएको सहमतिअनुसार स्थिर रुपमा प्रवर्द्धन हुने तर अरु तत्वबाट प्रभावित नहुने विश्वास चीनले लिएको बताउनुभएको छ।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। हाल पश्चिमा मिडियाले पाकिस्तानी अधिकारीको भनाइ उद्धृत गरेअनुसार, हाल पाकिस्तानको ऋण जोखिम चर्कँदैछ, विदेशी मुद्राको आरक्षणको पनि अभाव छ, यसरी नै पाकिस्तानले चीनबाट अरु ऋण लिने आशा गरेको छ, नभए पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग फेरि उद्धारको सहायता माग्नेछ। यदि यस्तो अवस्था देखियो भने चीन-पाकिस्तान आर्थिक कोरिडरका केही पूर्वाधार कार्यक्रम प्रभावित हुनसक्छन्।

त्यसको प्रतिकृयामा प्रवक्ता ह्वाले सम्बन्धित रिपोर्ट निकै गलत भएको र हालै पाकिस्तानी वित्तमन्त्री शामशाद अखतारले पनि पाकिस्तानले चीन-पाकिस्तान आर्थिक कोरिडरको निर्माणलाई दृढताका साथ अघि बढाउने दोहोर्‍याउनुभएको जानकारी दिनुभयो। पाकिस्तानले अस्थायी समस्याको समाधान गरी आर्थिक स्थिर विकासलाई कायम राख्नसक्ने विश्वास चीनले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु