फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सामानमाथि भन्सार कर थप्ने अमेरिकी नीतिले विश्व आर्थिक दिशा अन्योलग्रस्त पारेको चिनियाँ वाणिज्य सहायक मन्त्रीको धारणा

(GMT+08:00) 2018-07-11 18:45:21

चिनियाँ वाणिज्य सहायक मन्त्री ली छङ काङले हाल विश्व व्यापार धेरै डाँबाडोल भएको बताउँदै अमेरिकाको यस्तो व्यवहारबाट आर्थिक विश्वव्यापीकरण प्रक्रियालाई ध्वस्त पारेको टिप्पणी गर्नुभएको छ। साथै उहाँले यसबाट विश्वको आर्थिक दिशा पनि अन्योलग्रस्त भएको बताउनुभएको छ।

एघार तारिख पैचिङमा सन्2018 चिनियाँ शहर र अमेरिकी शिकागो शहर लगानी सहयोग मञ्च"मा सहभागी हुँदै उहाँले यस वर्षदेखि चीन र अमेरिकाबीचको व्यापार रकमको वृद्धि कायम राखिएको तर व्यापार युद्धले नकारात्मक प्रभाव छोडेको बताउनुभयो। उहाँले चीनको तथ्याङ्क अनुसार, यस वर्षको पछिल्लो छ महिनामा चीनको अमेरिका निर्यात दर गत वर्षको सोहि समयको तुलनामा 13.9 प्रतिशतले घटेको जनाउनुभयो।

६ तारिख अमेरिकाले चौंतीस अर्ब अमेरिकी डलरका चिनियाँ सामानमाथि भन्सार कर थप गर्न थालेको छ। सो बारे सहायकमन्त्री लीले चीनले कडा विरोध गर्नुका साथै केही प्रतिरोधी कदम पनि चालेको जानकारी दिनुभयो। उहाँले व्यापार युद्धमा कोही पनि विजेता नहुने भन्दै दुवै मुलुकको व्यवसाय क्षेत्रमा ठूलो नोक्सानी ल्याउने चेतावनी दिनुभयो। त्यसैले सहयोग चीन र अमेरिकाबीचको एक मात्रै छनोट हो।

जानकारी तथा लेखहरु