फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–भारतबीचको सम्बन्धलाई समानस्तरमा पुर्‍याएको नेपालका प्रधानमन्त्रीको दावी

(GMT+08:00) 2018-07-12 16:15:27

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई समान हैसियतमा पुर्‍याउन आफू सफल भएको दाबी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्धलाई आफूले नेपालको इतिहासमै पहिलो पटक बराबरीको हैसियतमा ल्याउन सफल भएको पनि स्पष्ट पार्नुभयो।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणपछि भारत र चीनसँग कुनै चिसोपना, आशंका नरहेको दावी पनि गर्नुभयो। उहाँले सरकार विनापूर्वाग्रह राष्ट्र निर्माणमा समर्पित भएर लागि परेको पनि दाबी गर्नुभयो।

प्रधानमन्त्री ओलीले सरकारमाथि हुने आलोचना, सुझाव, टिप्पणीलाई स्वागत गरेर अघि बढने पनि स्पष्ट पार्नुभयो। प्रमुख प्रतिपक्ष कांग्रेसप्रति लक्षित गर्दै गालीगलौज र अश्लिलता भित्र कुनै दम नहुनेमा आफू सचेत रहेको तर्क पनि उहाँले गर्नुभयो।

प्रधानमन्त्री ओलीले सरकार बलियो भएकाले यसलाई ढाल्ने खेल सम्भव नभएको पनि बताउनुभयो। नेपालखबरका अनुसार उहाँले मुलुकको समृद्धिका लागि बाह्य तथा आन्तरिक परिस्थिति सबैभन्दा अनुकूल रहेको पनि स्मरण गराउनुभयो।

जानकारी तथा लेखहरु