फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार तथा पारवहन सम्झौताको कार्यविधिबारे चिनियाँ र नेपाली प्रतिनिधिबीच पैचिङमा वार्ता

(GMT+08:00) 2018-07-12 16:16:04

चीनसँग व्यापार तथा पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल) लाई अन्तिम रूप दिनका लागि गठित नेपाली टोली र चिनियाँ प्रतिनिधिमण्डलबीच बुधबार पैचिङमा वार्ता भएको छ। पारवहन प्रोटोकलका लागि औैपचारिक रूपमा दुवै पक्ष टेबलमा बसेको यो दोश्रो पटक हो।

पैचिङस्थित नेपाली दूतावासले जनाएअनुसार दुवै पक्षबीच यातायात तथा पारवहन प्रोटोकललाई छिट्टै अन्तिम रूप दिने विषयमा गहन छलफल भएको छ। तेस्रो परामर्श बैठक छिट्टै काठमाडौंमा गर्न दुवै पक्ष सहमत भएको पनि दूतावासले जनाएको छ। बुधबार बेइजिङमा भएको दोश्रो परामर्श बैठकको नेतृत्व वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले गर्नुभएको थियो। नेपाली वार्ता टोलीमा परराष्ट्र, अर्थ, कानुन, भौतिक पुनर्निर्माण तथा यातायात मन्त्रालयका अधिकारीहरू सहभागी थिए।

चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व यातायात उपमन्त्री लिउ स्याउमिङले गर्नुभएको थियो। चीनले नेपाली टोलीलाई थ्येनचिन बन्दरगाहको पनि अवलोकन भ्रमण समेत गराएको नेपालखबर अनलाइनले जनाएको छ।

एक साता अघि बसेको मन्त्रिपरिषदको बैठकले नेपाल-चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलसम्बन्धी वार्ता गरी हस्ताक्षर गर्न घिमिरेको संयोजकत्वमा ९ सदस्यीय टोली पैचिङ पठाउने निर्णय गरेको थियो। प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालले चीनबाट पारवहन सुविधा पाउनसक्नेछ।

जानकारी तथा लेखहरु