फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्वाइट हाउसले थालेको व्यापार युद्धमा अझै बढी अमेरिकी व्यवसायीले चीनलाई सघाउने

(GMT+08:00) 2018-07-12 19:10:14

चीन र अमेरिकाबीचको व्यापार युद्धको अवधि लगभग एक हप्ता भएको छ र नयाँ अवस्था लगातार उभरिरहेको छ।

स्थानीय समय दश तारिख राति अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले 2 खर्ब अमेरिकी डलरका चिनियाँ सामानमाथि भन्सार कर थप गर्ने भनाइ सार्वजनिक गरेको छ। सो बारे चीनले आवश्यकता बमोजिम प्रतिरोधी कदम चाल्ने र आफ्नो वैध अधिकारको कडा सुरक्षा गर्ने चीनको वाणिज्य मन्त्रालयले व्यक्त गरेको छ।

सन् 2017मा चीनबाट अमेरिकालाई निर्यात गरिएको सामानहरुको कूल रकम चार खर्ब उनान्तीस अर्ब असी करोड अमेरिकी डलर पुगेको छ। यदि 2 खर्ब अमेरिकी डलरका चिनियाँ सामानमाथि भन्सार कर थप गर्ने योजना लागू भयो भने लगभग आधा चिनियाँ सामानहरु अमेरिकामा निर्यात गर्न नसकिने अवस्था सिर्जना हुनेछ। र यदि अमेरिकी जनताले यी रुचि लागेका सामानहरू खरिद गरेमा झन् 10% अधिक पैसा तिर्नुपर्नेछ। वास्तवमा, यो रुचिले सार्वजनिक राय खोज्ने छ, विभिन्न अनिश्चितताहरु यसमा देखिएका छन्।

मुलुकको मुख्य हित, जनताको आधारभूत हित सम्बन्धि समस्यामा कूनै सार्वभौमिक मुलुकले कुनै छुट दिनसक्दैन। त्यसैले चीनले पनि प्रतिरोधी कदम चाल्नु आवश्यक छ।

तर अमेरिकाद्वारा थालिएको यो व्यापार युद्धमा झन् बढी अमेरिकी व्यवसायहरु र जनताले चीनसँग दीर्घकालीन सहयोग गर्ने इच्छा देखाएका छन्। दश तारिख अमेरिकी नामी इलेक्ट्रिक कार तथा ऊर्जा श्रोत कम्पनी तेस्लाले शाङहाइसँग इलेक्ट्रिक कार सम्बन्धि लगानी सम्झौतामा हस्ताक्षर गरेको छ। एघार तारिख अमेरिकी शिकागो शहरका मेयरको नेतृत्वमा अमेरिकी आर्थिक प्रतिनिधि मण्डलले पैचिङमा चीनसँग"सन् 2018देखि सन् 2023सम्म पाँच वर्ष महत्वपूर्ण उद्योग सहयोग योजना"मा हस्ताक्षर गरेको छ।

एक पक्षतर्फ अमेरिकी ह्वाइट हाउसले चिनियाँ सामानमाथि भन्सार कर थप गर्ने, अर्को पक्षतर्फ अमेरिकी धेरै व्यवसायहरुले चीनसँग दीर्घकालीन सहयोग सबल पार्ने इच्छा व्यक्त गरेका छन्। ह्वाइट हाउसले व्यापार संरक्षणवाद कार्यान्वयन गर्न खोजे पनि अमेरिकी स्थानीय सरकार र व्यवसायहरुले आफ्नो वास्तविक कार्यबाट व्यापार युद्धको विरोध गरेका छन्।

जानकारी तथा लेखहरु