फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुक बहुपक्षीय व्यापार प्रणाली र नियमको संरक्षणमा उभिन राष्ट्रसंघका लागि चिनियाँ प्रतिनिधिको धारणा

(GMT+08:00) 2018-07-12 19:10:58

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ स्थायी प्रतिनिधि मा छाउ स्युले दश तारिख न्यूयोर्कमा सन् 2018 संयुक्त राष्ट्रसंघ दिगो विकास उच्चस्तर राजनैतिक मञ्च अन्तर्गत एउटा सम्मेलनमा विभिन्न मुलुकद्वारा बहुपक्षीय व्यापार प्रणाली र नियमलाई सुरक्षा गर्नुपर्ने बताउनुभएको छ।

दश तारिख चिनियाँ नागरिक संगठन अन्तर्राष्ट्रिय आदान-प्रदान प्रवर्द्धन सम्मेलन र अमेरिकी मेर्सि ग्रुपको संयोजनमा "दिगो विकासको उद्देष्य साकार तुल्याउन विश्व साझेदारी सम्बन्धमा चीनको भूमिका" विषयक गोष्ठी न्यूयोर्कमा संयुक्त रुपमा आयोजित भएको थियो। प्रतिनिधि माले सम्मेलनमा सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो। उहाँले विश्व आर्थिक पुनरुत्थान धेरै कठिनाइबाट पार भैरहेको र व्यापार तथा लगानीको वृद्धि शक्ति कमजोर भएको जनाउनुभयो। उहाँले अमेरिकाले इतिहासमा सबैभन्दा ठूलो व्यापार युद्ध थालेको भन्दै सो बाट विश्व व्यापार संगठनको नियम उल्लंघन हुनुका साथै विश्व व्यापार नियम ध्वस्त गरी विश्व आर्थिक पुनरुत्थानमा अवरोध ल्याउने चेतावनी दिनुभयो।

उहाँले चीन विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक भएको बताउँदै विकास नै चीनको पहिलो लक्ष हो, भन्नुभयो। उहाँले चीनले "एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय सहयोगलाई ठूलो शक्तिका रूपमा बढाउने र सम्बन्धित मुलुकबीचको दिगो विकासलाई अघि बढाउने जानकारी दिनुभयो।

सम्मेलनमा सहभागी प्रतिनिधिहरुले दिगो विकास बढाउने, स्वतन्त्रता व्यापार र बहुपक्षीय प्रणाली सुरक्षा गर्ने विषयमा चीनको महत्वपूर्ण भूमिकाको उच्च मूल्यांकन गरेका छन्।

जानकारी तथा लेखहरु