फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले चलाएको व्यापार युद्धप्रति चीनको दोषारोपण

(GMT+08:00) 2018-07-12 19:53:05

चीनको वाणिज्यमन्त्रालयका प्रवक्ता काउ फङले अमेरिकाले व्यापार युद्ध चर्काएकोबारे फेरि दोषारोपण गर्दै अमेरिकाको व्यापार आधिपत्य नीतिमाथि प्रतिकृया जनाउन चीनले आवश्यक जवाफी आक्रमण गर्नुपर्ने बताउनुभएको छ।

चीनमाथि 34 अर्ब अमेरिकी डलरका सामानमाथि थप कर लगाएपछिको एक हप्ता नबित्दै अमेरिकाले एघार तारिख चीनमाथि दुई खर्ब अमेरिकी डलरका सामानमाथि थप कर लगाउने घोषणा गरेको छ। प्रवक्ता काउ फङले अमेरिकाको गतिविधिबाट विश्व अर्थतन्त्रमा अनावश्यक अवस्था सिर्जना गरेको विचार लिनुभयो।

अमेरिकाको व्यापार आधिपत्य नीतिको चीनले कडा प्रतिवाद गर्नुका साथै आवश्यक जवाफी कार्वाही गरी चीन, देश र जनताको हित अनि विश्व स्वतन्त्र व्यापार र बहुपक्षीय सिस्टमको संरक्षण गर्नुपर्ने प्रवक्ता काउ फङले दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु