फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेनाका प्रधानसेनापति र चिनियाँ रक्षामन्त्रबीच पैचिङमा भेटवार्ता

(GMT+08:00) 2018-07-13 18:43:10

यसअघि भएका सम्झौताको व्यवहारिक कार्यान्वयन गर्ने तत्परता देखाउँदै चीन र नेपालले आवश्यक सहयोगको प्रतिवद्धता जनाएका छन्। चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र चिनियाँ राज्यपरिषद सदस्य एवं चिनियाँ रक्षामन्त्री वै फङहबीच बुधबार बेइजिङमा भएको भेटवार्तामा चिनियाँ पक्षले यस्तो प्रतिवद्धता जनाएको नेपालखबरले जनाएको छ।

भेटमा मन्त्री वैले नेपाल र चीन परम्परागत मित्र भएको बताउँदै चीनको महत्वपूर्ण अभिरूची र चासोका विषयमा समर्थन जनाएकोमा नेपालको प्रशंसा गर्नुभयो। हालसालै चीन भ्रमणमा आएका बेला नेपालका प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङले पनि नेपाल सम्बन्ध इतिहासको सबैभन्दा माथिल्लो विन्दुमा पुर्याउने विषयमा मतैक्यता जनाएको मन्त्री वैले स्मरण गर्नुभयो।

चीन र नेपाली सेनाले दुई देशका नेतागणबीच यसअघि भएका सहमति बमोजिम व्यवहारिक सहयोगलाई गहन पार्दै बेल्ट एण्ड रोडको प्रारूप बमोजिम साझा भाग्य समुदाय निर्माणमा सहयोग पुर्याउनुपर्नेमा जोड दिँदै चिनियाँ रक्षामन्त्री वैले भन्नुभयो, 'दुवै देशका सेनाले नेताहरूबीचका सहमतिहरू इमान्दारीपूर्वक लागू गर्नुपर्छ, दुई देशका सेनाबीचको व्यवहारिक सहयोगलाई गहन पार्दै जानुपर्छ, र आपसी मित्रतालाई मजबुत पार्दै बीआरआईको कार्यान्वयनमा योगदान गर्नुपर्छ।'

चीनको रक्षा विभागको विज्ञप्तिमा उल्लेख भए अनुसार चीनले नेपालसँगको विकास साझेदारीमा निकै महत्व दिएको छ र नेपाली सेनाको लागि आवश्यक सरसहयोग गर्न तत्पर छ। चिनियाँ रक्षामन्त्री वैले भन्नुभयो, 'दुई देशका नेताबीचको सहमति बमोजिम रणनैतिक सम्पर्क, तालिम, उपकरण प्रविधि, उद्धार तथा विपत्ति निवारणमा सहकार्य गर्न चिनियाँ सेना इच्छुक छ। '

भेटवार्तामा प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाको समर्थनका लागि चीनले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो। उहाँले विभिन्न क्षेत्रमा चीनसँगै सहयोग तथा आदान(प्रदान गर्न नेपाल इच्छुक रहेको पनि सुनाउनुभयो। नेपाल एक चीन नीतिको दृढ समर्थक रहेको बताउँदै क्षेत्रीले भन्नुभयो, 'चीन विरोधी गतिविधिका लागि नेपालले कहिल्यै पनि आफ्नो भूमि प्रयोग गर्न अनुमति दिँदैन।'

प्रधानसेनापति क्षत्री झण्डै ११ दिन लामो चीन तथा म्यानमार भ्रमणको तालिका बनाएर गत असार १९ गते निस्किनुभएको थियो।

जानकारी तथा लेखहरु