फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन रसुवागढी मार्गमा पहिरो लगायत अवरोध हटाउन कामदार

(GMT+08:00) 2018-07-13 18:43:28

वर्षा याममा पर्न सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ। सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनियर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न ठाउँमा घुम्न जाने पर्यटक र मानसरोवरबाट कैलाश जाने धार्मिक यात्रुको आगमनमा सहजता ल्याउन र विद्युत्गृहलगायत आयोजनामा सामग्री ढुवानीमा सहज पार्नसडक रेखदेखका लागि कामदारको व्यवस्थापन गरिएको हो।

ससाना कार्य कामदारबाट गर्ने र ठूला आकस्मिक पहिरो पन्छाउन एक एक स्काभेटर र हेबी लोडर तैनाथ राखी चार सुपरभाइजरलेसडकको नियमित अवस्थाबारे अनुगमन गर्ने व्यवस्थासमेत मिलाइएको सडक एकाइले जनाएको छ।

नेपाल चीनको व्यापार कारोवार गर्ने रसुवागढी नाका नियमित रुपमा निर्बाध सञ्चालन गर्न बेत्रावतीदेखि रसुवागढीसम्म ७० किमी सडक रेखदेखका लागि आगामी आर्थिक वर्षदेखि छुट्टै एकाइ राखिएको छ। इञ्जिनीयर गुप्ताले अबका दिनमा जस्तोसुकै पहिरो आए पनि एक दुई घण्टामै अवरुद्ध सडक मर्मत सुधार हुने बताए।यही असार महिनभित्र ससाना सात पहिरो गए पनि तुरुन्तै सफा गरी यात्रुवाहक बस र मालवाहक ट्रक निर्बाध रुपमा सञ्चालन गराइएको बताइएको छ। दैनिक सरदर १०० भन्दा ट्रक कन्टेनर रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने गरेको संयुक्त कन्टेनर व्यवसायी संघका अध्यक्ष सन्जीव डिएमले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु